

ससुराली गएका सशस्त्रका सहायक हवल्दार झुण्डिएको अवस्थामा फेला

धनगढी । बैतडी घर भएका सशस्त्र प्रहरीका सहायक हवल्दार दार्चुलामा मृत फेला परेका छन् ।
सशस्त्र प्रहरीको कञ्चनपुरको ब्रह्मदेवमा कार्यरत सहायक हवल्दार सुरेन्द्रबहादुर बोहरा अपिहिमाल गाउँपालिका–२ मा मृत फेला परेका हुन् । उनी श्रीमतीलाई भेट्न ससुराली गएका थिए ।
दुई÷तीन दिन अगाडी बिदा लिएर गएका बोहरा आइतबार बिहान करिब ९ बजेतिर झुन्डीएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिव सिंहले जानकारी दिए। बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत छिन् ।