नवलपुर समाजवादीमा पहिरो, जिल्ला अध्यक्षसहित दर्जनौं एमाले प्रवेश 

कवासोती । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीलाई नेकपा एमाले नवलपुर जिल्ला पाटी कार्यालयमा एमाले केन्द्रिय उप महासचिब एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले  एक कार्यक्रम मार्फत् पार्टीमा स्वागत गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटिको आयोजनामा घरफर्क अभियान अन्र्तगत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन ।

नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल राना, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य खगराज कण्डेल, जिल्ला कमिटि उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डेसहित जिल्ला कमिटिी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटि, हुप्सेकोट गाँउ कमिटि अध्यक्षसहित सम्पुर्ण कमिटि नै एमालेमा फर्किएका छन ।

त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल , सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रिय सदस्यद्वय शालिकराम भट्टराई र डा. गोपाल खनाल पाटी केन्द्रिय कार्यालय पुगी पाटी अध्यक्ष के. पि. शर्मा ओलीको हातबाट टिका ग्रहणगरी एमाले प्रवेश गरेका थिए ।

पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ । केही महिना पहिला मात्र नेकपा एकीकृत समाजवादी पाटीका कार्यालय सचिव एवम् प्रचार विभाग प्रमुख सहितको टोली एमाले फर्किएको थियो ।

पुरानै घर फर्किएकाहरुले एमालेबाट विभाजन हुनुको औचित्य पुष्टी गर्न नसकेको भन्दै नेकपा एसका नेता पुरानै घर फर्किएको बताएका थिए । उनले जनताको पाटी र बैचारिक कम्युनिष्ट पार्टी नेपालमा नेकपा एमाले मात्र रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पृथ्वीसुव्वा गुरुङले विगतमा बाटो विरायर गई अहिले आफ्नै घर फर्कि आएकोमा धन्यवाद व्यक्त गर्दै घर फर्किकाहरुलाई पाटीले उचित जिम्मेवारी प्रदान गर्ने बताएका थिए । कार्यक्रममा एमाले पालिटव्युरो सदस्य मना के.सी., केन्द्रिय सदस्यद्वय कृष्ण पौडेल र तिलक महत क्षेत्रीसहित प्रदेश कमिटिका नेताहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *