

रेलको लिकमा मानिसको खुट्टा भेटिएपछि…

न्युयोर्क । न्यूयोर्क सिटीमा रहेको रेलको लिकमा मानवखुट्टा भेटिएको छ । शनिबार ब्रोंक्समा ४ नम्बर ट्रेनको लिकमा मान्छेको खुट्टा भेटिएको अधिकारीहरुले जनाएका छन् ।
दिउँसो १ बजेतिर १६७ औं र १७० औं स्ट्रीटको बीचमा फेला परेको उक्त खुट्टा रेलका कन्डक्टरले फेला पारेको जनाइएको छ । बिहानको हिमआँधीपछि सफा गरिरहेका रेल कन्डक्टरले उक्त लिकमा लिकमा खुट्टा देखेका थिए ।
लिकमा मानव अवशेषहरू फेला परेपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त खुट्टा हो र कसरी त्यहाँ पुग्यो भन्ने विषयमा अनुसन्धान सुरु गरिसकेका छन् ।