

सेनाकाे रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह, बलाध्यक्ष विभागको जिम्मेवारी

काठमाडौं । नेपाली सेनाको रथीमा बढुवा भएका निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
रथीमा बढुवा भएका थापालाई बलाध्यक्ष विभागमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद बैठकले माघ २५ गते नै थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको भएपनि थापा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डरको रुपमा कार्यरत रहेकाले देश बाहिर थिए ।