

इपीएसको जाँच दिँदै हुनुहुन्छ ? तपाइँको रजिस्ट्रेशन नम्बर परिवर्तन भयो है, कसरी हेर्ने ?

काठमाडौं । काेरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूकाे रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूकाे यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको हो ।
उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो । त्यसका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए ।
उनीहरूकाे पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको ईपीएस कोरिया शाखाले जनाएको छ।
परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ।