

नेपालले पायो ३०३ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा नेपालले जितका लागि ३०३ रनको लक्ष्य पाएको छ ।
दक्षिण अफ्रिकामा जारी विश्वकपको आफ्नो पहिलो खेलमा टसर हारेर पहिले फिल्डिङ गरेको नेपाललाई न्युजिल्याण्डले ५० ओभरमा ३०२ रन बनाएर उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
न्यूजिल्याण्डले स्नेहिथ रेड्डीको उत्कृष्ट शतकका साथ ८ विकेटको क्षतिमा उक्त रन बनाएको हो । उनले १ सय ४७ रन बनाए ।
न्यूजिल्यान्डका लागि कप्तान ओस्कार ज्याक्सनले ७५ रनको पारी खेल्दा टम जोन्सले ३३ रन बनाए ।
त्यस्तै लुके वाट्सनले १४ रन बनाए भने एलेक्स थम्सनले १३ रन बनाए ।
नेपालका सुवास भण्डारीले ३ विकेट लिए भने गुल्सन झाले २ विकेट लिए भने तिलक भण्डारी, आकाश त्रिपाठी र दिपेक कँडेलले १/१ विकेट हात पारे ।