

लहानमा नगर बस पुनः सञ्चालन, ज्येष्ठ नागरिकलाई निःशुल्क

लहान । मुलुककै ठूलो नगरपालिका लहान नगरपालिकाले नगरबस सञ्चालन गरेको छ ।
माघ १ अर्थात् सोमबारदेखि नगरपालिकाले २ वटा नगरबस पुनः सञ्चालनमा ल्याइएको मेयर महेश चौधरीले जनाए ।
ती बसहरुमा पहिलो दिन निःशुल्क हुने पनि मेयर चौधरीले जनाए । उनका अनुसार अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराइने पनि जनाइएको छ ।