

रथीका लागि सिग्देल सिफारिस, अब बन्ने भए ४५ औं प्रधानसेनापति !

काठमाडौं । उपरथी अशोक राज सिग्देल रथी बढुवाका लागि सिफारिस भएका छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आइतबार वरिष्ठ उपरथी सिग्देललाई रिक्त रथी पदमा बढुवा सिफारिस गरेका हुन् ।
प्रधानसेनापति प्रभुराम शर्माले रथी (तीन तारे जर्नेल) मा बढुका लागि सिफारिस गरेपछि सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा आगामी भदौ २४ गतेदेखि नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने निश्चित जस्तै भएको छ ।
नेपाली सेनाको स्रोतका अनुसार, उपरथी सिग्देलको बारेमा कुनै कैफियत नरहेको जनाइँदै तालुकदार रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले सरकारसमक्ष बढुवा सिफारिस गरेको हो ।
सिफारिस भएसँगै रक्षा मन्त्री एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मंगलबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा पेश गर्ने र उनको बढुवा स्वीकृति हुने सम्भावना समेत रहेको छ ।