

सूर्यज्योतिले ल्यायो नयाँ योजना, थोरै प्रिमियममा बढी ‘रिक्स कभर’

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा पहिलो पटक मौलिक खालको बिमा पोलेसी ल्याएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पोलेसीको उद्घाटन नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सूर्यज्योति लाइफका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका हुन् ।
यो कम प्रिमियम भएको नयाँ बिमा पोलिसी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले जानकारी दिए । यो योजनाअन्तर्गत ४० हजार रुपैयाँ प्रिमियम तिर्ने बिमितको २५ लाख रुपैयाँसम्मको जोखिम बहन हुने उनले बताए । यो योजना नेपालको पहिलो योजना भएको उनले बताए ।
कम्पनीले आज सार्वजनिक गरेको नयाँ बिमा पोलिसी नेपालकै सबैभन्दा सस्तो बिमा पोलिसी भएको दाबी कम्पनीका सीईओ खत्रीले गरे ।
यो योजना खरिद १८ वर्षदेखि ६० वर्ष उमेर समूहकाले गर्न सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम पाँच लाखको बिमा गर्नुपर्नेछ । यो रकम बिमितको उमेर ७० वर्ष पुगेपछि मात्र फिर्ता हुने बताइएको छ । प्रिमियम भुक्तानी अवधि १५ वर्षको हुनेछ । यो योजनाअन्तर्गत बिमा गर्नेले ५० घातक रोगहरूविरुद्ध ५० लाखसम्मका उपचार खर्चको सुविधा लिन सक्नेछन् ।
दुर्घटनाबाट पूर्ण अशक्त भएमा अधिकतम एक करोडसम्म क्षतिपूर्ति, बाँकी अवधिको बिमा शुल्क छुट र बिमांकको आधारमा कम्तीमा १० वर्षसम्म मासिक अशक्त सुविधा पनि हुने बताइएको छ ।