सिराहामा कांग्रेसले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम
सिराहा । नेपाली कांग्रेसका विभिन्न कार्यसमितिले सिराहामा शुभकामना आदानप्रसान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ का सभापति एवं लहान नगरपालिकाका मेयर महेश चौधरीको नेतृत्वमा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा (क), (ख) र लहान नगर कार्यसमितिको संयुक्त आयोजनामा दशैं, दिपावली, छठ, नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अवसरमा जिल्ला सभापति रामचन्द्र यादव, मधेस प्रदेश कार्यसमिति सदस्य सितल यादव, प्रदेशसभा (क) सभापति सन्तोष उपाध्याय, (ख) सभापति धर्मदेव यादव, लहान नगर सभापति संजय यादव, पूर्व जिल्ला उपसभापति रामसुन्दर चौधरी, पूर्व क्षेत्रीय सभापति अच्छमितलाल चौधरी, कांग्रेस नेता फुलेश्वर महतो, देवनाथ यादव, अरुण केसी, सखुवानन्कारकट्टी गाउँपालिका उपाध्यक्ष निलम यादव, कांग्रेस महासमिति सदस्य, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्रीय, प्रदेशसभा, नगररपालिकाका पदाधिकारी, क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिहरु, कांग्रेसबाट निर्वाचित वडाअध्क्षयहरु र वडा–वडाका कांग्रेस कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसअघि २४ गतेको लागि तय गरिएको कार्यक्रम जाजरकोट भुकम्पका कारण पूर्वनिर्धारित मितिमा हुन सकेको थिएन ।