

नेपाली सेनाले गर्यो भीरबाटै राईको उद्धार

सोलु- नेपाली सेनाले सोलुखुम्बुमा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरेको छ ।
जिल्लाको खुम्बु पासाङ्ल्हामु गाउँपालिका ५, लार्जादोभानमा भिरबाट लडेर घाइते भएका सोताङ्ग–५ का दिपेश कुलुङ्ग राईलाई नेपाली सेनाले उद्धार गरेको हो ।
नेपाली सेनाको रणशुर गुल्मबाट खटिएको फौजले शुक्रबार स्थानीय बासिन्दा तथा नेपाल प्रहरीको सहकार्यमा उद्धार गरी नाम्चेस्थित स्वास्थ्य उपचार केन्द्र पुर्याएको सेनाले जानकारी दिएको छ ।