

नेपाली सेनाका प्युठ राईले गुमाए कंगोमै ज्यान

काठमाडौं । शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।
नरसिंहदल गण शान्ति सेना २९औँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको हो ।
खोटाङको फक्टाङ्ग गाउँपालिका वडा नं.८ निवासी राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस जिनामा कार्यरत रहँदा विरामी भएका थिए ।
उनलाई थप उपचारका लागि कंगोको बुनियास्थित मोरोक्कन लेभल-२ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
स्वर्गीय राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।