सशस्त्रले थाल्यो बर्दी लगाएर टिकटक बनाउनेमाथि कारबाही, अहिलेसम्म ५० बढी कारबाहीमा



काठमाडाैं । सशस्त्र प्रहरी बलले बर्दी लगाएका तस्वीर तथा भिडियो सामाजिक सञ्जालहरूमा राख्नेमाथि कारबाही शुरू गरेको छ । टिकटक, फेसबूकलगायतका सामाजिक सञ्जालमा राख्न नपाइने भएको हो ।

यसका लागि देशभरका युनिटहरूलाई परिपत्र गरिएको जनाइएको छ । अहिलेसम्म देशभरमा प्रहरी जवानदेखि सिनियर अधिकृतसम्म ५० जनाभन्दा धेरैलाई कारबाही गरिसकेको पनि सशस्त्र स्रोतले जनाएको छ । विशेषगरी बर्दीमा बन्दुक बोकेर टिकटक बनाएको तथा कार्यालय समयमा बनाएर काममा असर परेकाले बन्द गरिएको सशस्त्रले जनाएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा जथाभावी तस्वीर–भिडियो दुरुपयोग भएपछि नियन्त्रण गरिएको सशस्त्रले स्पष्ट पारेको छ । तर सशस्त्रका कर्मचारीहरूले ‘सिभिल ड्रेस’मा भने तस्वीर–भिडियो राख्न पाउँछन् ।