

अति विपन्नका लागि बन्यो लहानमा एकीकृत वस्ती, अन्य घरहरू पनि बनाउने मेयर चौधरीको प्रतिबद्धता

लहान । लहान नगरपालिकाको वडा नं. १८ बासाजोडी टोलमा मुसहर समुदायको लागि नवनिर्मित एकिकृत वस्ती मेयर महेश चौधरीले उद्घाटन गरेका हुन् ।
यस वस्तीमा बनेका घरहरु अतिविपन्न ४ घरपरिवारलाई घर हस्तान्तरण गरिने मेयर चौधरीले जनाए ।
उक्त वस्तीको उद्घाटन गर्दै मेयर चौधरीले प्रत्येक परिवारलाई छुट्टाछुट्टै २ बेड रुम, १ भान्साकोठा र १ शौचालय निर्माण गरिएको जनाएका छन् भने अन्य विपन्न परिवारका लागि अन्य घरहरु निर्माण गरिने पनि मेयर चौधरीले जनाएका छन् ।
उद्घाटन पछि मेयर चाैधरीले निर्माण भएका ती घरहरूको अवलोकन समेत गरेका थिए ।
उक्त वस्ती उद्घाटन कार्यक्रममा वडाध्यक्ष मो. सम्शेर, मनोज कोईराला, रामदयाल महतो, घुरण चौधरी र गडुलबहादुर जर्घामगरलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।