

कोरोना अपडेटः सक्रिय संक्रमित ५ हजार २ सय ८९, १८८५ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५५ हजार ८८ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८८५ पुगेको छ । हालसम्म देशभर १९ लाख ५२ हजार ९ सय ३ जनाको कोरोना परिक्षण गरिएको जनाइएको छ ।
पछिल्लो तथ्यांकअनुसार देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।