सेनामा आबद्ध फिफा सहायक रेफ्री चौधरीको निधन 

काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको शुक्रबार निधन भएको छ।

नेपाली सेनामा आबद्ध सहायक रेफ्री चौधरी शुक्रबार बिहान ९ः४५ बजे अभ्यासको क्रममा मैदानमा लडेपछि उपचारका लागि नेपाली सेनाको भद्रकालीस्थित अस्पतालमा लगिएको थियो ।  उनलाई अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।

सन् २००७ देखि रेफ्री करिअर सुरु गरेका उनी फिफा ब्याचको नवीकरणका लागि विशेष तयारीमा थिए। उनीसँगै आर्मीकै राष्ट्रिय रेफ्रीद्वय प्रवीण गौतम र गणेश चौधरी पनि अभ्यासरत थिए।

स्थायी घर सर्लाही भएका चौधरीको अन्त्येष्टीका बारेमा परिवारजनसँगको कुराकानी भइरहेको समेत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *