

दक्षिण सुडानमा झुण्डिएको अवस्थामा मृत भेटिए जाजरकोटका सैनिक अमलदार बाँठा

काठमाडौं । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको हिजो बिहीबार मृत्यु भएको हो ।
जाजरकोट जिल्ला खलंगा गाउँपालिका–६ का बाँठाको रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तर, उनको किन आत्महत्या गरे भन्ने कुरा अनुसन्धानकै क्रममा रहेको पनि जनाइएको छ ।
निजको पार्थिव शरीर पोर्टमार्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ ।