१७ वर्षीया छोरीलाई करणी गरी गर्भवती बनाउने पापी बाबु पक्राउ
धादिङ । आफ्नै छोरीलाई दाङमा जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले गत बुधवार पक्राउ हो ।
मजदुरीको सिलसिलामा धादिङ आएको बेला धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका थिए ।
त्यसैक्रमा १७ वर्षीया छोरीमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पटकपटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ ।
धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको प्रहरीले जनाएको छ ।
घटना धादिङमा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।