जनवरी १ मा मनाइँदै आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

काठमाडौं । अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते) को अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने भएको छ ।

नेवार भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

‘धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो,’  नेपाली टोपी प्रतिष्ठानले प्रेश विज्ञप्तिमा भनेको छ, ‘ ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जून एउटा अपभ्रम र मिथ्या मात्रा हो।

नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको प्रतिष्ठानले बताएको छ । यो अभियानलाई थप ब्यापक र ब्यबस्थित बनाउने उद्देश्यले यस अभियानका संस्थापक अभियन्ता डा। लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा गैर नाफामुलक नेपाली टोपी प्रतिष्ठान नामक संस्था पनि गठन भइसकेको छ ।

साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा, हाल सम्ममा ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् ।

नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ(आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ। बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहलाई यही पुस १७ गते आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्न विशेष अपिल गरिएको छ ।

सामाजिक सन्जाल चौतारी र दौतरीमा  नेपाली टोपी लगाएर खिचेको तस्बिर पठाउनु हुने मध्येका एक जना बिदेशमा बस्ने नेपालीलाई नेपाली संस्कृति तथा सदभावना प्रतिष्ठानको तर्फबाट ुसंस्कृति तथा सदभावना राजदूतु को मानार्थ उपाधिले सम्मानित गरिने जानकारी सो प्रतिष्ठानका मानार्थ उपाधिले सम्मानित हुनु भएका दीपक न्यौपानेबाट प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *