

श्रीमानको हत्या गरेपछि जिल्ला प्रहरी कार्यालय पुगिन् डल्ली

रूकुम । आफ्नै श्रीमानको हत्या गरेको आरोपमा रुकुम पश्चिमबाट प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । मुसिकोटकी डल्ली बुढाले आफूले आफ्नो श्रीमान्लाई हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उपस्थिति भइकी थिइन् ।
मुसिकोट नगरपालिका–८ घोरखानी बस्ने ५० वर्षीया डल्लीले श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।
चक्कु प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गर्दै डल्ली आफैं जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उपस्थित भएको प्रहरीले जनाएको छ ।
डल्लीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।