

यी ३५० ले निकाले नेपाली सेनामा जागिरका लागि नाम, अबको प्रक्रिया के त ? (नाम र सूचनासहित)

काठमाडौं – नेपाली सेनाका लागि सैन्य पदको अन्तिम नतिजा प्रकाशित गरिएको छ । नेपाली सेनाको पुरानो गोरख गण नाराणहिटी भर्ना छनोट केन्द्रद्वारा निकालिएको अन्तिम नतिजाअनुसार ३५० भर्नाका लागि छनोट भएका छन् ।
दरबन्दीमा रिक्त रहेको सैन्य पदका लागि खुला तथा समावेशी गरी निम्न उम्मेदवारहरु छनोट भएको जनाइएको छ । उत्तीर्ण भएकाहरुलाई यही साउन १ गते भर्ना केन्द्र पुरानो गोरख गण, नाराणहिटीमा प्रवेशपत्रका साथै दरखास्त दिँदा पेश गरेका सम्पूर्ण सक्कल कागजपत्रसहित उपस्थित हुनका लागि निर्देशन दिइएको छ ।