इन्डियाना च्याप्टर अध्यक्षमा खत्री निर्वाचित

इन्डियाना । गैरआवासिय नेपाली संघ अमेरिकाको इन्डियाना राज्य च्याप्टर अध्यक्षमा शिव खत्री निर्वाचित भएका छन् । विगत लामोसमयदेखि अमेरिकामा रहेर नेपालीहरुको हक हितका लागि आवाज उठाउँदै आएका खत्री इन्डियानामा रहेका नेपालीहरुबीच चर्चित र लोकप्रिय व्यक्तिका रुपमा मानिन्छन् । हालै सम्पन्न निर्वाचनमा खत्रीले आगामी २ वर्षका लागि इन्डियाना च्याप्टर अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले आफुहरुलाई निर्वाचित गराएकोमा इन्डीयना राज्यका मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

गैरआवासिय नेपाली संघ अमेरिकाको २०२३ देखी २०२५ सम्मको कार्यकालको लागि इण्डीयना राज्य च्याप्टरको अध्यक्षमा निर्वाचित खत्रीलगाएतले इन्डीयना राज्यका मतदाताहरुलाई आभार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।

अध्यक्ष खत्रीले आफ्नो कार्यकालमा इमान्दारीपुर्वक स्थानियको सल्लाह र सुझाव लिएर आम प्रबासीहरूको साझा सवालहरुलाई संबोधन गर्न र गराउन प्रयत्नसिल हुने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *