

जिम्बाबेलाई २९१ रनको लक्ष्य
कुशल र आशिफको कीर्तिमानी साझेदारी

काठमाडौं । नेपालले जिम्बाबेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाउँदै २९१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालले प्रारम्भिक ब्यास्म्यानद्वय कुशल भुर्तेल र आशिफ शेखको उत्कृष्ट साझेदारीसँगै मध्यम लक्ष्य दिएको हो ।
नेपालका लागि भुर्तेल शतक बनाउनबाट १ रनले चुके । उनले ९५ बलमा ९९ रन बनाए । त्यस्तै आशिफ शेख ६६ रनमा आउट भए ।
त्यस्तै नेपालका लागि कप्तान रोहित पौडेलले ३१ रन बनाउँदा कुशल मल्लले ४१ रन बनाए । त्यस्तै आरिफ शेख १० रन बनाएर आउट भए भने गुल्सन झाले १३ रन बनाए । नेपालका दिपेन्द्र सिं ऐरी ६ रनमा आउट हुँदा भीम सार्की पहिलो बलमै आउट हुन पुगे ।
नेपालका करण केसी २ रनमा नटआउट रहे भने सोमपाल कामी शुन्य रनमा नटआउट रहे ।
उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेट १७१ रनमा गुमाएको थियो । नेपालको उक्त साझेदारी अहिलेसम्मकै उत्कृष्ट प्रारम्भिक साझेदारी हो । एकदिवसीय क्रिकेटमा नेपालले अहिले जिम्माबेलाई प्रस्तुत गरेको लक्ष्य तेस्रो धेरै रनको लक्ष्य हो ।
जिम्बाबेका रिचार्ड नगराभाले ४ विकेट लिएका थिए भने विलिंगट्न मासाकजाले २ विकेट लिउँदा टेन्डाई चतरा र ब्लेसिङ मुजारबानीले १÷१ विकेट हात पारेका छन् ।
अब नेपालले केही बेरमा बलिङ सुरु गर्ने छ ।