

देवचुली नगरभित्रका विद्यालयहरु चार दिन बन्द गर्ने निर्णय

नवलपुर । अचाक्ली गर्मी बढेपछि पूर्वी नवलपुरको देवचुली नगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
देवचुली नगरपालिकाको शिक्षा शाखाले अत्याधिक गर्मी बढेसँगै आगामी वर्षे विदामा मिलान हुने गरी भोली (१९ जेठ, शुक्रबार) देखि २२ गते (सोमबार) सम्म विद्यालयमा पठनपाठन बन्द गर्न नगरपालिकाभित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ ।
पछिल्ला दिनमा देशैभर गर्मी अत्याधिक बढ्दै गएको छ । गर्मी बढेसँगै कतिपय तराईका जिल्लाहरुमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।