

सेनाले गर्यो चण्डी हिमाल आधारशिविरबाट ३ विदेशीसहित ५ को उद्धार

हुम्ला । नेपाली सेनाले हुम्लास्थित चण्डी हिमालको आधारशिविरमा बिरामी परेका पाँच जनाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ।
पश्चिम एयर वेशबाट खटिएको उद्धार टोलीले समुद्र सतहबाट १५ हजार ८०० फिटको उचाइमा अवस्थित चण्डी हिमालको आधारशिविरमा बिरामी परेका ३ विदेशीसहित ५ जनाको उद्धार गरेको हो।
२ जनालाई सिमिकोट र ३ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको सेनाले जनाएको छ।