विश्वभर ७ करोड ९० लाख बढी संक्रमित, ५ करोड ५६ लाख कोरोनामुक्त



काठमाडौं । विश्व महारथी अमेरिकामा गत २४ घन्टामा २ लाख ३२ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ३ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म अमेरिकामा हालसम्म संक्रमितको संख्या १ करोड ८९ लाख १७ हजार ५६ जना पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार २ सय १६ पुगेको छ ।

त्यस्तै कोरोनाबाट दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा पछिल्लो २४ घन्टामा ४६ हजार ६ सय ५७ नयाँ संक्रमित थपिएका छन् भने ९ सय ७९ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ७३ लाख ६६ हजार ६ सय ७७ कोरोना संक्रमित देखिएका छन् भने १ लाख ८९ हजार २ सय ६४ जनाको मृत्युु भइसकेको छ ।

त्यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा ३९ हजार २ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् र ७ सय ४४ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा हालसम्म संक्रमितको संख्या २१ लाख ४९ हजार ५ सय ५१ पुगेकोछ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ५१ पुगेको छ ।

त्यस्तै फ्रान्समा संक्रमितको संख्या २५ लाख नाघेको छ ।

नेपालको छिमेकी मुलुक भारतमा भने पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घन्टामा २४ हजार २ सय ३६ नयाँ संक्रमित थपिएका छन् भने ३ सय २ जनाको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ५ सय ४४ पुगेकोछ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार ७ सय ७८ पुगेको छ ।

त्यस्तै विश्वमा हालसम्म १७ लाख ३६ हजार ६ सय२५ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्र १३ हजार ३ सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । विश्वमा हालसम्म ७ करोड ९० लाख ३३ हजार २ सय जना संक्रमित भएका छन् भने १७ लाख ३६ हजार ६ सय २५ जनाको मृत्यु भएको छ । त्यस्तै हालसम्म कोरोनासंक्रमण मुक्त हुनेको संख्या ५ करोड ५६ लाख ७ हजार ५ सय ३० पुगेको छ ।