

सर्वोच्चद्वारा ढाकाकुमारको सांसद पद तत्काल नजाने अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै रास्वपालाई कारण देखाउ आदेश जारी गरेको हो ।
व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको थियो ।
उनले आफूलाई फसाउन षड्यन्त्र भएको भन्दै अदालतबाट क्लिन चिट लिएर आउने दाबी गर्दै रिट दायर गरेका थिए । रास्वपाले गरेको कारबाही सदर गर्दै सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको संसदमा जानकारी गराइसकेका छन् ।