

सरकारले दिने भयो विजयी क्रिकेट खेलाडीलाई जनही ६ लाख

काठमाडौं । सरकारले एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
यस्तै, क्रिकेट टीमका अन्य अफिसियललाई जनही तीन लाख दिने निर्णय भएको बताइन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने निर्णय भएको समेत बताइन् ।