

कांग्रेस नेता कँडेल आफ्नै अफिसमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष एवम् व्यवसायी शंकर कँडेल नारायणगढ बेलचोकस्थित आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले पुष्टि गरेका छन् ।
अनमोल फिड्स उद्योग आर्थिक समस्याका कारण बेचेको र बैंकले कालो सूचीमा राखेको लगायतका समस्या पनि भएको बताइएको छ ।
उनी नेपाली काँग्रेस वर्तमान महासमिति सदस्य पनि हुन् । कँडेल चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमा परिचित थिए ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।