

रविका सवारी चालक थापाको आजै अन्तेष्टी गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को आजै अन्त्येष्टि गरिने भएको छ।
रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई पोष्टमार्टम पछि आजै आजै अन्त्येष्टि गरिनेछ ।
‘परिवारका सबै सदस्य आइसक्नुभएको छ। शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ,’उनले भने।
घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।
अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।
सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो।