

पूर्वमन्त्री रायमाझीका बाबुछोरासहित बादलका छोराविरूद्ध पक्राउ पूर्जी

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अनुसन्धान थालेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको छ ।
टोपबहादुर र छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी गरेको हो ।
त्यसका साथै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो ।