

लहानको विकासका लागि बजेट माग गर्दै अर्थमन्त्रीसँग मेयर चौधरीको भेटवार्ता

काठमाडौं । लहान नगरपालिकाका मेयर महेश चौधरीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी नगरपालिकाको विकासका लागि बजेटको माग गरेका छन् ।
सरकारले आगामी जेठ १५ गते ल्याउन लागेको बजेटमा समेट्ने गरी मेयर चौधरीले अर्थमन्त्री डा. महतसमक्ष लहान नगरपालिकाको विकासका लागि विभिन्न चार योजनलाई प्राथमिकता राख्दै बजेट मागसहित भेट गरेका हुन् ।
मेयर चौधरीले लहान अस्पताल निर्माण, कृषि चिस्यान केन्द्र, रंगशाला र थोक कृषि बजारको लागि संरचनाका लागि संघीय सरकारबाट बजेट माग गर्दै अर्थमन्त्रीसँग भेट गरेका हुन् ।