

एक तिहाई मत गणना हुँदा स्वर्णिम ५ हजार बढी मतान्तरले अगाडि, अहिलेसम्म कसको कति छ मत ?

तनहुँ । तनहुँ क्षेत्र नं. १ को मतगणना जारी छ । जम्मा खसेको मतको करिब एक तिहाई मत गणना भईसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् ।
हालसम्म २१२६१ मत गणना सकिइसकेको अवस्थामा वाग्लेले ११ हजार २२१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ८ सय ८५ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ३४६८ मत ल्याएको जनाइएको छ । यसबाट वाग्ले कांग्रेस उम्मेदवार भट्टराईभन्दा ५३०० र एमाले उम्मेदवार खनालभन्दा ७ हजार ७ सय मतले अगाडि रहेका छन् ।
तनहुँमा जम्मा मतदाता १ लाख २३ हजार ३०५ रहेकोमा त्यसको ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । जसअनुसार तनहुँमा ६४ हजारको हाराहारीमा मत खसेको छ । अब तनहुँमा करिब ४३ हजार मत गणना गर्न बाँकी रहेको छ ।