

रवि भन्छन्, `अब यो देश युवाले हाँक्छन्´

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने जनाएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ।
´सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,´ लामिछानेको निष्कर्ष छ, ´अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं।व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।´
उनले अगाडी लेखेका छन्, ´ लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस्। यो देश अब युवाले हाँक्छन् ।´