

यसपटक इच्छाकामनाबाटै लिए रविले अग्रता

चितवन । गत मंसिरको निर्वाचनमा सबैभन्दा कम मत ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले इच्छाकामनाबाटै अग्रता सुरुवात गरेका छन् ।
मंसिरको निर्वाचनमा इच्छाकामनाको मत गणना हुँदा तेस्रो स्थानमा रहेका लामिछानेले यसपटक त्यहीँबाट थालिएको मतगणनामा सुरुवातमै अग्रता लिएका हुन् ।
दुई बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म ४०० मत गणना हुँदा रविले २०८ मत ल्याएका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ६६ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ५१ मत ल्याएका छन् ।
इच्छामनकामना गाविस १ र ३ वडाबाट मत गणना सुरु भएको निर्वाचन अधिकृत ईश्वर आचार्यले जनाएका छन् ।
चितवनको मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा भएको हो ।