

नक्कली मतपत्रसहित जसपा नेता पक्राउ

बारा – बारा क्षेत्र नं. २ मा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्।
प्रतिनधिसभा सदस्यका लागि भइरहेको मतदानका क्रममा देवताल गाउँपालिका-७, पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन्।
मतदान गर्ने बेला नक्कली मतपत्रसमेत खसाल्दै गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।