

बाग्लुङ जाँदै गरेको यात्रुबहाक बस पाल्पामा दुर्घटना, १ महिलाको मृत्यु

पाल्पा । बुटवलबाट बुर्तीबाङ जाँदै गरेको बस दुर्घटना भएको छ ।
बस बुटवल–तानसेन खण्डको जोरधारास्थित सडकबाट तल खसेर दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको जनाइएको छ । साथै उक्त घटनामा परी १८ जना यात्रु घाइते भएको जनाइएको छ ।
पश्चिम नेपाल बस व्यवसायीसँग अाबद्ध लु.१.ख. ५९५६ बस बिहान ७ बजेर ४० मिनेटमा दुर्घटना भएको जनाइएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली गइसकेको पनि जनाइएको छ ।