ड्युटी जाँदै गर्दा गाईसँग ठोक्किएका ट्राफिक हवल्दार धामीले गुमाए ज्यान

धनगढी । कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनामा परेर ज्यान गएको छ ।

बिहीवार साँझ जिल्लाको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको मृत्यु भएको हो।

उनी बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। त्यही क्रममा उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोक्किएको थियो। उनको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *