

मुख्यमन्त्री कार्की सवार गाडी तोडफोड, गाडीको झन्डा निकालेर फालियो

ओखलढुंगा । ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोड गरिएको छ ।
कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण नगरपालिका वडा नं. ११ को गोरुमारेभन्जयाङ चोकमा मुख्यमन्त्री सवार गाडी तोडफोड गर्नुका साथै गाडीमा राखिएको झण्डा निकालेर फ्याँकेका जनाइएको छ ।
चैत ४ गतेयता ओखलढुंगा रहेका मुख्यमन्त्री कार्की सोमबार सिद्धिचरण नगरपालिका– २ मा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा सिद्धिचरण नगरपालिका ११ मिलन चोकमा भेला भएका प्रदर्शनकारीले सवारी रोकेर तोडफोडको प्रयास गरेका थिए ।