प्रचण्डविरूद्धको रिटको सुनुवाइ खतिवडाको इजलासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ।

प्रचण्डविरूद्धको रिटको पेशी न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा छ। हिजो (बिहीबार) हुने भनिएको सुनुवाइ समय अभावका कारण हुन सकेको थिएन।

द्वन्द्वकालीन घटनाका सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर गरेका छुट्टाछुट्टै रिट दायर गरेका थिए।

ती रिट सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार पेसी तोकिएको थियो। तर हेर्न नभ्याइने भन्दै आज (शुक्रबार) का लागि सारिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *