

यस्तो छ नयाँ राष्ट्रपति छान्ने २ मतपत्र (नमूनासहित)

काठमाडौं – आज हुने राष्ट्रपति निर्वाचनको निम्ति अलग अलग दुईवटा मतपत्र उपलब्ध हुनेछ ।
निर्वाचन आयोगले ब्यवस्था गरे अनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी अलग–अलग मतपत्र उपलब्ध हुन लागेकाे हाे ।
रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सांसदलाई दिइने आयाेगका सह सचिव तथा प्रबक्ता शालिकराम पाैडेलले जानकारी दिएका छन् ।
मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।