

पकलीहवामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउँदै चौधरी फाउन्डेशन

नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ ।
बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरणसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता पत्रमा फाउंडेशनका तर्फबाट सचिव सारिका चौधरी र गॉउपालिकाको तर्फबाट पालिका प्रमुख टेकनारायण उपाध्यायले हस्ताक्षर गरेका थिए । पछिल्लो चरण चौधरी फाउंडेशनले पश्चिम नवल परासीमा सामाजिक क्षेत्रमा बिभिन्न कामहरू गर्दै आई रहेको छ।