चुनावअघिको गठबन्धनको बैठक साँझ पुनः बस्ने, राउत र महन्थलाई पनि सामेल गराउने तयारी

काठमाडौं । चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलले आज अपराह्न ५ बजे फेरि बैठक गर्ने भएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरूको बैठक बसेपछि पार्टीको आन्तरिक छलफलका लागि भन्दै बिहानको बैठक सकिएको छ ।

राष्ट्रपति निर्वाचनमा केन्द्रित रहेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले राष्ट्रपतिमा आफूहरूलाई सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए।

आन्तरिक छलफल गरेर दलहरू पुनः साँझ ५ बजे बैठक बस्ने तयारी रहेको कांग्रेस महामन्त्री गगन थापाले जनाए ।

साथै बैठकमा शुक्रबार साँझ पाँच बजे बस्ने पुरानो गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाइने तयारी गरिएको छ ।

राष्ट्रपतिबारे छलफल गर्न बसेको बालुवाटार बैठक सकारात्मकरूपमा अगाडि बढेपछि जनमत र लोसपालाई पनि बैठकमा सामेल गराउन लागिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *