पश्चिम नवलपरासीमा चौधरी फाउन्डेशन सामाजिक कार्यमा अग्रसर हुँदै



नवलपरासी । पश्चिम नवल परासीको निर्वाचन क्षेत्र नम्बर-१ अन्तर्गतको बर्दघाट सुस्ता प्रतापपुर र सरावल लगायतका पालिकाहरुमा पछिल्लो समय चौधरी फाउंडेशनले ऑफ्नो सामाजिक कार्यका गतिविधि तिब्र संचालन गरि रहेको छ।

संघीय निर्वाचन ताकादेखि जनताको घर दैलोमा स-सानादेखि ठुला कामहरू गर्दै आएको चौधरी फाउन्डेशनले  महिला युवा तथा  जेष्ठ नागरिकहरूलाई लक्षित गरि  विभिन्न सामाजिक कार्यक्रमहरू गरेको फाउंडेशनकी एक सदस्यले बताईन् । संघीय निर्वाचन ताकादेखि बर्दघाट नगरपालिका वडा नम्बर २ को बिकट स्थान सुखौरामा महिलाहरूलाई उद्यमशील बनाउने उद्देश्यले २५ जना महिलाहरू छनौट गरि सन्चालन भएको तीन महिने सिलाई कटाई तालिम हालै सम्पन्न भएको पनि चौधरी फाउंडेशन  सदस्य सविना आचार्यले बताईन् ।

उक्त सिलाई कटाई तालिममा स्थानीय महिलाहरूलाई चौधरी फाउंडेशनले सिलाई मेशिन प्रशिक्षक तथा अन्य सिलाई सम्बन्धित सामाग्री उपलब्ध गराएको प्रशिक्षक सुनवलकी मिना गुरूङ्ले जानकारी दिईन्।

केहि दिन अगाडी बेसिक कोर्सको सिलाई कटाई तालिम लिएर एडवान्स कोर्सको तयारीमा रहेकी तालिममा सहभागी सुखौराकी  कुमारी श्रीस मगरले उक्त तालिमबाट ऑफुहरू बेरोजगारबाट रोजगार उन्मुख हुनको लागी पहिलो पाईला स्वरूप तालिममा सहभागी भएर सीप सिक्न पाएकोमा खुसी भएको बताईन् ।

त्यस्तै तालिम मा सहजिकरण गरि रहेकी प्रगतिशील आमा समुहकी अध्यक्ष गायत्री पौडेलले फाउंडेशन द्वारा यस प्रकारको तालिम दिईनुले गाॅउमै रहेर केही उद्यम गर्छु भन्ने जाॅगर भएका महिलाहरूलाई यस खाले तालिमहरू निकै सहयोगी हुने बताईन् । उन्ले भनिन्, ‘फाउंडेशनका सचिव सारिका चौधरी ले महिला लक्षित कार्यक्रमहरू यस निर्वाचन क्षेत्रमा गर्ने भनेर गर्नु भएको बाॅचा अनुसार ऑफ्ना बाॅचाहरू पुरा गर्न यसरी काम देखाएर अघि बढेकोमा खुसी ब्यक्त गरिन् ।’

यता चौधरी फाउंडेशनका महा प्रबंधक मेरिना रंजितका अनुसार फाउंडेशनले बर्दघाट नगरपालिकाको वडा नम्बर १४ ,१५ र १६ मा पनि स्थानीय चेतना महिला कृषि सहकारी र स्थानीय वडाहरू संग सहकार्य गरेर १६० जना महिलाहरूलाई सिलाई कटाई को तालिम दिई रहेको जानकारी दिईन।

उन्ले भनिन माननीय विनोद चौधरीले सामाजिक उत्तरदायित्वको भावना स्वरूप स्थापना गर्नु भएको चौधरी फाउंडेशनले यस निर्वाचन क्षेत्रमा यस बाहेक पनि विभिन्न काम गरिएको र अब युवा स्वरोजगार, महिला स्वास्थ्य  तथा उद्यमशीलता ,सामाजिक स्वास्थ्य  र अन्य क्षेत्रसँग सम्बन्धित धेरै वटा कामहरूको खाका तयार भएको जानकारी दिईन। केहि दिन अगाडी पनि फाउन्डेशनले बर्दघाट नगरपालिकाकै वडा नम्बर ४ र १४ साथै सुस्ता गाॅउपालिकाको वडा नम्बर ५ मा स्थानीय महिलाहरूलाई लक्षित गरि काठमाडौं तथा भरतपुरबाट बिशेषज्ञ डाक्टरहरू झिकाई  निःशुल्क पाठेघरको परिक्षण गराएको थियो।  उक्त शिविरबाट करिव ५५० भन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए।

तेस्तै चौधरी फाउंडेशनकी सदस्य बिमला ढुङ्गानाले चौधरी फाउंडेशनले जाडो र शीत लहरबाट समस्यामा परेका करिब सात सय जनालाई कम्बल तथा सुस्ता र सरावलका गरिव परिवारका  बाल बालिकाहरूलाई न्यानो कपडा  वितरण गरेको, फरक क्षमता भएकाहरूलाई ह्वील  चेयर , सेतो छडी , बैसाखी, वाकर लगायतका अन्य  आवश्क स्वास्थ्य सम्बन्धी  सामग्री वितरण देखि विरामीहरूलाई आर्थिक सहयोग गरेरै उपचार गराउने कार्यहरू समेत ऑफुहरू फाउंडेशन मार्फत गरेको जानकारी दिईन् ।

चौधरी फाउंडेशनले सुरूवात गरेका अन्य कार्यक्रमहरू बारे जानकारी दिॅदै फाउंडेशनका सदस्य तथा सांसद विनोद चौधरीका राजनीतिक सहयोगी सरोज थापा भन्छन्, ‘हामीले यस क्षेत्रका ३४ वटै वडाका जेष्ठ नागरिकहरूलाई नवलपुरको चौधरी उद्योग ग्राम परिसरमा रहेको शाश्वतघाम दर्शनको कार्यक्रम बनाएका छौ र त्यसअन्तर्गत लगातार ५  हप्ता सम्म गरि २०० जना भन्दा बढीलाई धामको निःशुल्क भ्रमण गराई सकेको र यो कार्यक्रम लगातार हुने पनि जानकारी दिए।उन्का अनुसार फाउंडेशनको सबै खर्चमा हरेक हप्ता सोमवारका दिन वडाले छानेर पठाएका जेष्ठ नागरिकहरूलाई जाने आउने र खाना सहित निःशुल्क दर्शन गराउने गरेको छ।’ त्यस्तै फाउंडेशनकै सहयोगमा विभिन्न कारणबाट हात खुट्टा गुमाएका हरूलाई पनि निःशुल्क कृतिम हात खुट्टा जडान गराउने कार्य फाउंडेशन कै सहयोगमा नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा स्थापना गरिएको सिजी सबल केन्द्रमा पठाएर गर्ने गरिएको पनि जानकारी दिए।

त्यस्तै थापा भन्छन् बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको चिसापानी हस्पीटलको सेवा विस्तार तथा सुधारको लागी गतहप्ता एक औपचारिक कार्यक्रमका बीच चिसापानी अस्पताल संग समझदारी – पत्रमा हस्ताक्षर गरिएको पनि उनले जनाए ।