विश्वमा ४ करोड ५३ लाख बढी कोरोनामुक्त



काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ५३ लाख नाघेको छ । हालसम्म विश्वभर ६ करोड ५५ लाख ५ हजार ६ सय ३८ जना संक्रमित रहेको विश्वमा ४ करोड ५३ लाख ५३ हजार १ सय ७६ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् ।

विश्वमा सबैभन्दा धेरै संक्रमण मुक्त नेपालको छिमेकी मुलुक भारतमा भएका छन् । भारतमा हालसम्म ९० लाख ८ हजार २ सय ४७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अमेरिकामा ८५ लाख ६० हजार २ सय ९३ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म ५७ लाख २५ हजार १० जना कोरोनामुक्त भएका छन् ।

तुलनात्मक रुपमा युरोपेली मुलुक फ्रान्समा कोरोनामुक्त हुनेको संख्या ज्यादै न्यून रहेको छ । फ्रान्समा २२ लाख ५७ हजार ३ सय ३१ संक्रमित रहेकोमा जम्मा १ लाख ६६ हजार ९ सय ४० जनामात्र कोरोनामुक्त भएका छन् भने २० mाख ३६ हजार २ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८६ लाख ४१ हजार ५ सय २० रहेका छन् । ती मध्ये सबैभन्दा धेरै अमेरिकामा ५६ लाख ९१ हजार ८५ रहेका छन् । भारतमा भने जम्मा ४ लाख १७ हजार मात्रै सक्रिय संक्रमित रहेका छन् ।