

कांग्रेसबाट मुक्ता यादवले उपसभामुखमा उम्मेदवारी दिँदै

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने भएको छ ।
शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारीसहित प्रभावशाली नेताहरुको बैठक सांसद मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् ।
कांग्रेसले सभामुख पदमा पनि महिला उमेदवार बनाएको थियो । पार्टीबाट ईश्वरीदेवी न्यौपाने उमेदवार बनेकी थिइन् । बिहीबार भएको सभामुखको चुनावमा उनले कांग्रेससहित नेकपा(एस) र लोसपको भोट पाएकी थिइन् ।