

नेपालमा १२५५ थपिएसँगै २ लाख ३१ हजार बढी संक्रमित पुगे

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेका छन् ।
यस्तै बितेको २४ घण्टामा १४०४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १२ हजार ५९० पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप २५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।