३ मतको अन्तरले जित्दै काभ्रेमा लामा प्रदेशसभामा निर्वाचित



काभ्रे । काभ्रेपलाञ्चोक १ र २ नम्बर निर्वाचन क्षेत्र ‘ख’का नतिजा सार्वजनिक भएका छन् ।

काभ्रे-१ बाट प्रदेश सभा ‘ख’मा नेपाली कांग्रेसका तिर्थ लामाले ३ मतान्तरले जित हात पारे ।

उनले १९ हजार २८० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामाले १९ हजार २७७ मत पाएर पराजित हुनुपर्‍यो ।

यस्तै काभ्रे क्षेत्र नं २ प्रदेश सभा (ख) तर्फ कांग्रेसका कन्चनचन्द्र बादे ४ हजार ७८ मतान्तरले विजयी भएका छन् ।

वादेले २६ हजार ३५ मत पाउँदा एमालेका कुमार थापाले २१ हजार ९६७ मत पाए ।