

कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी

दाङ । एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन् । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् ।
कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए ।