नवलपरासी-१ मा कांग्रेसका विनोद चाैधरीले लिए १२ सय मतको स्पष्ट अग्रता



नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतगणनाअनुसार चौधरीले ११ हजार ६४० मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १० हजार ४४० मत ल्याएका छन् । यससँगै चौधरी १ हजार २ सय मतले अग्रता कायम गरेका छन् ।

त्यस्तै हृदयेश त्रिपाठीले ८ हजार ९५३ मत ल्याएका छन् ।

उक्त क्षेत्रमा अहिलेसम्म ३७ हजार ७ सय ४३ मत गणना भइसकेको छ ।